तालिम केन्द्रको सेवाहरु

तालिम केन्द्रको सेवाहरु

पशु सेवा तालिम केन्द्रको कार्यविवरण (ToR)

प्रादेशिक लक्ष्य एवं कार्यनीति बमोजिम पशुपन्छी तथा मत्स्य विकासका लागि उच्चतम प्रविधि, ज्ञान र सिपको समुचित उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, , विविधिकरण, बजारीकरण र व्यवसायिकरणको माध्यमबाट गरिबी न्यूनिकरण, स्वरोजगार श्रृजना तथा आर्थिक समृद्धि हासिल गर्ने मूल ध्येयका साथ निम्न कार्यहरु तपशिलका २ वटा शाखाबाट संचालन गर्ने/ गराउने ।

१) तालिम शाखा:

  • तालिम तथा क्षमता विकासका क्षेत्रमा प्रदेश सरकारको कार्यान्वयन ईकाइको रुपमा कार्य गर्ने ।
  • प्रदेश स्तरमा पशु सेवा सम्बन्धी तालिम नीति तर्जुमा गर्ने ।
  • तालिमको संचालन र कार्ययोजना बनाउने ।
  • पशु सेवा सम्बन्ध समय सापेक्ष विभिन्न विषयगत तालिमको पाठ्यक्रम तयारी तथा परिमार्जन गर्ने ।
  • पशुपन्छी उत्पादन, पशु स्वास्थ्य, मत्स्य लगायत अन्य सम्बन्धीत विषयमा तालिम संचालन गर्ने ।
  • कृषक, उद्यमी, कर्मचारीहरुका लागि तालिम संचालन गर्ने ।
  • सरकारी, गैर सरकारी एवं विदेशी संघ संस्थाहरुसंग समन्वयमा तालिम संचालन गर्ने ।
  • प्रचार प्रसार सामग्री तयारी तथा वितरण गर्ने ।तालिम प्रभावकारीता अध्ययन, अनुगमन तथा मूल्याङ्कन गर्ने ।
  • प्रदेश स्तरमा पशुपन्छी तथा मत्स्य व्यवसायी उद्यमी तथा विज्ञहरुको रोहवर तयार गरी अध्यावधिक गर्ने ।
  • स्थानिय तह तथा प्रदेश स्तरमा कार्यरत पशु सेवा प्रविधिकहरुको क्षमता अभिवृद्धी तथा वृत्ती विकास सम्बन्धी तालिमहरु संचालन गर्ने ।

२) प्रशासन शाखा:

  • पशु सेवा तालिम केन्द्रको कर्मचारी प्रशासन सम्बन्धि कार्य गर्ने ।

  • पशु सेवा तालिम केन्द्रको जिन्सी तथा स्टोर व्यवस्थापन लगायत प्रशासनिक कार्यहरु संचालन गर्ने ।

  • पशु सेवा तालिम केन्द्रको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धि कार्य गर्ने ।

  • पशु सेवा तालिम केन्द्रको जनशक्ति व्यवस्थापन ।