हाम्रो मिशन

हाम्रो मिशन

पशुपालक कृषकहरूलाई समयसापेक्ष तथा आवश्यकतामा आधारित आधुनिक एवं उन्नत पशुपालन प्रविधि, ज्ञान र सीप हस्तान्तरण गर्दै पशुपालन क्षेत्रलाई व्यवसायीकरण र आधुनिकीकरण गर्नु हाम्रो प्रमुख ध्येय हो। स्थानीयस्तरमा प्राविधिक जनशक्तिको निरन्तर क्षमता अभिवृद्धि गर्दै, पशुपालनका माध्यमबाट ग्रामीण रोजगारीका अवसरहरू सिर्जना गर्ने, गरिबी निवारणमा योगदान पुर्याउने र समग्रमा मुलुकको दिगो आर्थिक विकासलाई टेवा पुर्याउन हामी प्रतिबद्ध छौँ।